जेठ ०३, २०८१, बिहीबार
               

नक्कली भ्याट बिल प्रयोग गरेको अभियोगमा २० कराेड विगाे दाबीसहित मुद्दा

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

राजश्व अनुसन्धान आयोगले झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करविजक प्रयोग गरी ठगी गरेको अभियोगमा विभिन्न तीन फर्ममाथि २० करोड रुपैयाँ बराबरको विगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।

विभागका अनुसार उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा एक मुद्दा दायर गरिएको छ । विभागले सञ्चालक किशोर चौधरीविरुद्ध दुई करोड १४ लाख ३० हजार २३८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका स्थायी घर भएका शिवम प्याकेजिङका सञ्चालक सीतादेवी जयसवालविरुद्ध पाँच करोड ८८ लाख ६५ हजार ९१९ र कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीको जय श्री गौतम सप्लायर्सका सञ्चालक मुकेश चौधरीविरुद्ध पाँच करोड ३२ लाख १६ हजार १८८ रुपैयाँकाे मुद्दा दायर गरिएको छ। उनीहरु विरुद्ध १३ करोड ३५ लाख १२ हजार ३४५ रुपैयाँ बिगो असुली गर्न माग गरिएको छ ।

यस्तै शिवम ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक जगदिश सहनीविरुद्ध चार करोड ७९ लाख ६९ हजार ४४७ बराबरको बिगो दाबी गरिएको छ । अनुस्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिम्लसिनाविरुद्ध एक करारेड ८२ लाख ५३ हजार ४६१ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यो पनि