काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा दिनेसलाल श्रेष्ठ नियुक्त गरेको छ ।
यस कम्पनीको संचालक समितिको हिजो (बुधबार) बसेको १५८ औं बैठकले एशियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा दिनेस लाल श्रेष्ठलाई नियुक्त गरेको हो । श्रेष्ठले माघ १ गतेदेखि कार्यभार सम्फाल्ने कम्पनीले जनाएको छ ।