बैशाख १७, २०८१, सोमबार
               

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गतेबाट मङ्सिर २९ गते सम्मका लागि निष्काशन गरेको वार्षिक ८.५० प्रतिशत ब्याजदर पाइने १ अर्ब ६० करोड बराबरको ऋणपत्र हिजो (बुधबार) बाँडफाँड गरेको हो ।

यस बैंकले १० वर्ष अवधिको लागि “१०.२५ प्रतिशत बिओके डिबेन्चर २०८६” नाममा १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो भने सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता बिक्री गरेको हो ।

उक्त अवधिभर रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई हिजो (पुस ८ गते बुधबार) ऋणपत्र बाँडफाँड गरिएको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि