बैशाख १७, २०८१, सोमबार
               

लाप्चे खोला जलविद्युतमा नेपाल बैंकसहित ९ बैंकले १९ अर्ब लगानी गर्ने

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेपाल बैंक लिमिटेडको अगुवाईमा विभिन्‍न ९ वटा बैंकहरूले लाप्चे खोला जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । निजीक्षेत्रको लगानीबाट निर्माणकार्य सुरु हुन लागेको देशकै ठूलो जलविद्युत आयोजना १६० मेगावाटको हुनेछ । यस आयोजनामा २६ अर्ब २० करोड लागत लाग्ने अनुमान गरिएको र नेपाल बैंक लिमिटेडको अगुवाइमा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा बनेको सहवित्तीयकरणद्वारा १९ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी लगानी गर्नेछ ।

यससम्बन्धी सप्लिमेन्टरी सिन्डिकेटेड क्रेडिट फेसिलिटिज अग्रिमेन्ट (एसएससीएफए) सम्झौतामा ऋणीका तर्फबाट नाशा हाइड्रोपावर प्रालिका अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुका तर्फबाट नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले पुस ६ गते सहवित्तीयकरण बैठकमा एकापसमा आदानप्रदान गरेका हुन् ।

प्रतिष्ठित व्यापारिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको श्री नाशा हाइड्रोपावर प्रालिले प्रवद्र्धन गर्न लागेको उक्त जलविद्युत् आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुन लागेको हो ।

यस आयोजनामा नेपाल बैंकले ५ अर्ब, नेपाल इन्भेष्टमेण्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषले २ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब, हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब, बैंक अफ काठमाण्डूले १ अर्ब तथा कृषि विकास बैंकले १ अर्ब गरी जम्मा १९ अर्ब ६५ करोड २५ लाखको वित्तीय प्रबन्ध गरेका छन् ।

नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारीले नेपाली बैंकहरु त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राविधिक, जोखिम लगायतका विभिन्न पक्षहरुको समग्र विश्लेषण गरी उचित निष्कर्षमा पुगेको तथा बैंकहरुमा तरलता सहज भएको वर्तमान अवस्थामा यस आयोजनमा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सही उपयोग हुने विचार व्यक्त गरे ।

उनले मोतीलाल दुगड आफैँ बैंकका अध्यक्ष रहेको हुँदा बैंक कर्जाको सही सदुपयोग हुने तथा उक्त घराना नेपालको प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना रहेको र यसअघि लिखु खोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको हुँदा उनीहरुको कार्यको जाँच भइसकेकोले यो आयोजना पनि तोकिएको समय तथा लागतमा पूर्ण हुने बताए। ०७९ साउनसम्ममा यस आयोजनाबाट व्यापारिक उत्पादन सुरु भइसक्ने बताइएको छ ।

यो पनि