जेठ ०२, २०८१, बुधबार
               

स्ट्याण्डर्ड चार्टर्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज(बुधबार) अन्तिम दिन रहेको छ । 

यस बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पुस ९ गतेदेखि २४ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको ३४औं वार्षिक साधारण सभा पुस २४ गते, शुक्रबार, एभरेष्ट होटेल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो १२:१५ बजेबाट सुरू हुने बैंकले जनाएको छ ।

उक्त सभामा बैंकको कार्तिक १३ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनश शेयर र ४.८४ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

यो पनि