जेठ ०२, २०८१, बुधबार
               

पोखरा फाइनान्सको साधारण सभा पुस २९ गते

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले पुस २९ गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । 

यस कम्पनीले दरबारथोक ब्याङ्क्वेट, बाँस्तोलाथर, पोखरामा बिहान ९ बजे सभा भर्चुअल माध्यमबाट हुने जनाएको छ । 

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सााधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । लाभांश प्रयोजनका लागि पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । 


कस्तो लाग्यो ?

यो पनि