जेठ ०२, २०८१, बुधबार
               

नेपाल लाइफ इन्स्योरेन्सले ५१ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

हिजो(मंगलबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५।०७६ मा आर्जित मुनाफाबाट कूल ५१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

उक्त लाभांश बीमा समितिबाट स्वीकृत पश्चात आगामी साधारणसभाबाट पास भएपछि ३१ प्रतिशत बोनस शेयर तथा २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ रहेको छ । सोहीका आधारमा कम्पनीको नयाँ लाभांश पारित भएसँगै चुक्ता पुँजी ७ अर्ब १९ करोड पुग्ने छ भने एक अर्ब नौ करोड ९२ लाख रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्नेछ । कम्पनीले कूल दुई अर्ब ८० करोड ३० लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो पनि