जेठ ०३, २०८१, बिहीबार
               

अरुण भ्याली हाइड्रोपावरको साधारणसभा आज

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले २३ औं वार्षिक साधारणसभा आज (बुधबार) गर्ने भएको छ । 

यस कम्पनीको संचालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने सभाले प्रस्ताव पारित गर्नेछ ।

यस सभामा २१ औं वार्षिक साधारणसभाबाट पारित १ः१ अनुपातमा हकप्रद सेयरमध्ये प्रथम चरणमा काबेली बी–१ क्यास्केड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक स्वपुँजी जुटाउने प्रस्तावित बोनसपछि कायम हुने पुँजीबाट ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव छन् ।

उक्त कम्पनीले मंसिर २६ गतेबाट पुस २ गतेसम्म बुक क्लोज गरेको छ । मंसिर २५ गतेसम्म कायम रहेको लगानीकर्ताले मात्र लाभांश र सभामा सहभागी हुन सक्ने छन् ।

यो पनि