जेठ ०३, २०८१, बिहीबार
               

ङादी ग्रुप पावरको १०.५२ प्रतिशत लाभांश धोषणा

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । ङादी ग्रुप पावरले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

हिजो(सोमबार) बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस कम्पनीको लाभांश वितरण गर्न कम्पनीले पुस २८ गते साधारणसभा समेत आह्वान गरेको छ । कम्पनीले रजिष्टर्ड कार्यालय अनामनगर, काठमाडौंमा बिहान १० बजेका लागि सभा हुने बताएको छ । 

उक्त सभामा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने र बोनसपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद निष्कासन प्रस्तावसमेत पारित गर्ने भएको छ ।

पुस १४ गते मंगलबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउन र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् भने साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १५ गते बुधबार बुकक्लोज गर्ने निर्णय गरेको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि