जेठ ०२, २०८१, बुधबार
               

कृषि विकास बैंकको साधारणसभा पुस २९ गते

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडमौं । कृषि विकास बैंकले पुस २९ गते साधारणसभा बोलाएको छ । यस कम्पनीको सभा केन्द्रीय कार्यालय बोडे, भक्तपुरमा बिहान ११ बजे हुने जनाएको छ । 

उक्त सभाले १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । भने यस सभाले अग्राधिकार शेयरधनीलाई चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसर्थ, बैंकले साधारणसभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १५ गते देखि २९ गतेसम्म बन्द रहनेछ । पुस १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।


कस्तो लाग्यो ?

यो पनि