जेठ ०२, २०८१, बुधबार
               

सुनको मूल्य गिरावट

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज(मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

गत पुस १ गतेदेखि लगातार बढिरहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तैगरी, आज छापावाला सुनको मूल्य तोलामा ९४ हजार ९ सय रुपैयाँ छ  ।  तेजावी ९४ हजार ४ सय रुपैयाँ तोकिएको छ । 
हिजो (सोमबार) छापावाला सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँ थियो भने तेजावी ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज(मंगलबार) चाँदी प्रतीतोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी १ हजार ३२० रुपैयामा कारोबार भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि