बैशाख २०, २०८१, बिहीबार
               

राष्ट्र बैंककाे वित्तीय रिपोर्ट सार्वजनिक, आयातमा लगातार ह्रास

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) गत कार्तिक महिनासम्मको देशको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बन्दाबन्दीको शुरुआती महीनादेखि आर्थिक गतिविधि प्रभावित भएको थियो । यसले गर्दा आयात पनि तुलनात्मक रूपमा घटेको थियो । 

आज सार्वजनिक गरिएको विवरण अनुसार कूल विदेशी मुद्रा १६ खर्ब सात छ अर्ब भन्दा माथि पुगेको छ । 

उक्त तथ्याङ्क अनुसार कार्तिक मसान्तसम्ममा नेपालको कूद विदेशी मुद्रा संचिती १२ अर्ब ६५ करोड डलर रहेको छ । उक्त विदेशी मुद्रा संचितीले करिब १८ महिनालाई पुग्ने आयात धान्नेछ ।

विवरण अनुसार कार्तिक मसान्त सम्ममा संघीय सरकारले दुई खर्ब ५० अर्ब ४१ करोड रुपैयाँ खर्च गरेको छ भने दुई खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । कूल आयातमा १०.६ प्रतिशतले ह्रास आएको छ भने निर्यात १०.८ प्रतिशतले बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको बितेका चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति झन्डै १५ महिनाको वस्तु आयात र करिब १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ । 

कोभिडका कारण राजश्व संकलन गत वर्षको तुलनामा संकुचन गरिए पनि लक्ष्य अनुरुप नै राजश्व संकलन भइरहेको छ।

विवरण अनुसार देशको अर्थतन्त्र झनै बलियो बन्दै गएको देखिएको त छ,आयातमा सुधार हुँदै गएको देखिन्छ तर गत आर्थिक वर्ष (आव) को तुलनामा कुल आयात अझै घटेको नेपाल राष्ट्र बैंकले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि