जेठ ०४, २०८१, शुक्रबार
               

नबिल बैंकद्वारा ३५ प्रतिशत लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । 

बैंकको आज(मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस बैंकले ३३.५ प्रतिशत बोनस शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता तथा बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने छ ।


कस्तो लाग्यो ?

यो पनि