जेठ ०३, २०८१, बिहीबार
               

विजय लघुवित्तद्वारा २० प्रतिशत लाभांश घोषणा

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस कम्पनीको पुस ५ गते (आइतबार) सम्पन्न सञ्चालक समिति बैठकले आर्थिक बर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ करोड २५ लाख ६५ हजार रुपैयाँ रहेको छ । सोही आधारमा बोनस वितरण गर्ने भएको छ । यस्तैगरी, २२ लाख ४० हजार रुपैयाँ नगद बाँड्नेछ ।

उक्त प्रस्ताव राष्ट्र बैंक र आगामी साधारणसभाबाट अनुमोदन पश्चात् लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।


कस्तो लाग्यो ?

यो पनि