जेठ ०३, २०८१, बिहीबार
               

सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो,पौष १५ गतेसम्म

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा बैंक लिमिटेडले पौष १ गते, बुधबारबाट निष्काशन तथा बिक्री खुला गरेको ऋणप हिजो अन्तिम दिन थियो, आजबाट पौष १५ गतेसम्म पुर्‍याइएको बैंकले एक सूचना जारी गर्दै जनाएको बहछ ।

बैंकले पौष १ गतेबाट ४ अर्ब रुपैयाँबराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । 

यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। लगानीकर्ताले २५ कित्तादेखि अधिकतम १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले १० वर्ष अवधिको लागि ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंक अफ काठमाण्डूलाई कार्तिक २४ गते सोमबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।

लगानीकर्ताले एनआईसी एसिया क्यापिटल लिमिटेड, सानिमा बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।


कस्तो लाग्यो ?

यो पनि