जेठ ०३, २०८१, बिहीबार
               

सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज(सोमबार) अन्तिम दिन रहेको छ ।

आज पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् भने, यस बैंकले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बैंकले पुस २४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभा बिहान १० बजे काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारणसभा आह्वान गरेको हो ।

उक्त सभामा बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद लाभांश गरी कुल ८.२८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी राष्ट्र बैंकबाट समेत अनुमति लिइसकेको छ ।

हाल यस बैंकको कूल चुक्ता पुँजी ८ अर्ब ९६ करोड ७८ लाख रहेको बैंकको साधारणसभामा वित्तीय विवरण पारित गर्ने लगायतका नियमित एजेण्डाहरूसहित प्रबन्धपत्र नियमावली संशोधन गर्दैछ । उक्त लाभांश साधारणसभा र राष्ट्र बैंकबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि