जेठ ०३, २०८१, बिहीबार
               

अपि पावरको भोलिदेखि हकप्रद लिलामीमा

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले भोलि (सोमबार) बाट अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । 

यस कम्पनीको कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो  ।

लगानीकर्ताले पौष ६ गतेबाट पौष १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल काठमाडौं तथा सिद्धार्थ बैंक लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामोड, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट लगानीकर्ताहरुले आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यो पनि