बैशाख २८, २०८१, शुक्रबार
               

लक्ष्मी लघुवित्तले २३.१६ प्रतिशत लाभांश दिने

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । 

यस संस्थाको (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको कुल २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र ८.१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरि कुल २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि