बैशाख २७, २०८१, बिहीबार
               

सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौंं । सानिमा बैंक लिमिटेडले पुस १ गते बुधबारबाट निष्काशन तथा बिक्री खुला गरेको ऋणपमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ । 

बैंकले पुस १ गतेबाट ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो ।

१६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

यस बैंकले १० वर्ष अवधिको लागि ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैंक अफ काठमाण्डूलाई कार्तिक २४ गते सोमबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, सानिमा बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि