बैशाख २७, २०८१, बिहीबार
               

पोखरा फाइनान्सद्धारा लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

फाइनान्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल यस कम्पनीको चुक्तापूँजी ९१ करोड ७२ लाख ८१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र फाइनान्स कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

यो पनि