बैशाख २४, २०८१, सोमबार
               

इन्भेष्टमेन्ट बैंकद्वारा १८.५० प्रतिशत लाभांश घोषणा

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १८.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस बैंकको गत वर्ष ०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको आज (आइतवार) बिहान बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल यस कम्पनीको चुक्तापूँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजारको आधारमा कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको हो । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यो पनि