बैशाख २८, २०८१, शुक्रबार
               

समता लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ । 

उक्त शेयर मूल्य नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि ५ सय ५० रुपैयाँ तोकेको छ ।

अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कम्पनीको कायम अन्तिम शेयरमूल्य ६६० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आज  (आइतबार) बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

उक्त शेयर मूल्य समायोजन भएसगैँ कम्पनीले २० प्रतिशत बोनस शेयर र ६.३२ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न पुस १४ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले होटल क्लासिक प्रा.लि, सिमरा, बारामा बिहान १०स्३० बजे सभा बोलाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि