बैशाख २७, २०८१, बिहीबार
               

एनआईसी एसियाको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर लिलाम बिक्री खुला

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनी (नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी) को संस्थापक समूहको शेयर आज (आइतबार) बाट लिलाम बढाबढ गरी बिक्री खुला गरेको छ ।

यस बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख १४ हजार ३ सय ६ कित्ता संस्थापक समूहको शेयरहरू बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले आज (आइतबार) पुष ५ गतेबाट पुष १० गते शुक्रबारसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त शेयरका लागि लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र उपत्यका बाहिरका शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् । 

यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि