बैशाख २७, २०८१, बिहीबार
               

पछिल्लो साता नेप्से परिसूचक र कारोबार रकम बढ्यो

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो खसाता नेप्से परिसूचक र कारोबार रकम बढेको छ। गत साता नेप्सेमा करेक्सन भएसँगै कारोबार रकममा पनि गिरावट देखिएको थियो ।

गत साता ९१.४३ अंक घटेर १९६४.०२ विन्दुमा झरेको नेप्से, यस साता ६८.४९ अंक बढेर २०३१.५१ विन्दुमा पुगेको छ। त्यसैगरी, गत साता ३७४.०२ विन्दुमा रहेको सेन्सेटिभ इण्डेक्स यस साता ११.९२ अंक बढेर ३८५.९४ विन्दुमा पुगेको छ।

नेप्से र सेन्सेटिभ इण्डेक्ससँगै यस साता कारोबार रकममा पनि सुधार देखिएको छ। गत साता २८ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस साता त्योभन्दा १ अर्ब ५९ करोड रुपैयाँ बढी अर्थात ३० अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब १ अर्ब रुपैयाँ बढेर २७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ।

यस साता कारोबारमा आएका १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको घटेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ११.१९ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३०१९.२५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता ३३७.९४ अंक बढेर ३३५७.१९ विन्दुमा पुगेको हो। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूह सबैभन्दा धेरै बढेको छ। सो उपसमूहको परिसूचक यस साता ११७८.२३ अंक बढेर १३ हजार २५८.०९ विन्दुमा पुगेको छ।

यस साता जलविद्युत उपसमूहको परिसूचक भने सर्वाधिक ६.७९ प्रतिशत घटेको छ। गत साता नेप्सेमा करेक्सन हुँदा जलविद्युत उपसमूहको परिसूचक भने २.४४ प्रतिशत बढेको थियो ।

यस साता महुली लघुवित्त वित्तीय संस्था, लक्ष्मी इक्विटी फण्ड, एनएमबी हाइब्रिड फण्ड लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्। त्यसैगरी, यस साता साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नारायणी डेभलपमेन्ट बैंक, विशाल बजार कम्पनी लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा परेका छन्।

यो पनि