बैशाख २७, २०८१, बिहीबार
               

श्रीराम चिनी उद्योगले किसानको खातामा हाल्यो १६ करोड ४४ लाख

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

रौतहट । किसानहरुलाई उखुको रकम नदिएका चिनी उद्योगका संचालकहरु विरुद्ध पक्राउ पूर्जी जारी भएपछि चिनी उद्योगले किसानको खातामा पैसा पठाउन सुरु गरेको छ । 

रौतहटस्थित श्रीराम चिनी उद्योगले शुक्रबार पाँ हजार ३०० जना किसानको खातामा रकम पठाएको छ ।

श्रीराम चिनी उद्योगका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएको थियो । त्यसपछि उद्योगले किसानको पैसा दिन थालेको हो ।

शुक्रबार श्रीराम चिनी उद्योगले १६ करोड ४४ लाख रुपैयाँ ५५ सय किसानको खातामा हालिदिएको जानकारी आएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।

किसानले आफूहरुको ४१ करोड बक्यौता बाँकी रहेको र उद्योगले ३५ करोड दिन मात्रै बाँकी रहेको बताइरहेको जनाउँदै डिआइजी सिंहले सम्पूर्ण हिसाब फर्छ्योट नभएसम्म आफूहरुले निगरानी गरिराख्ने बताए ।

राकेश अग्रवाल खोज्दै प्रहरी

अन्नपूर्ण चिनी उद्योगका संचालक राकेश अग्रवालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उखु किसानको १७ करोड रुपैयाँ राकेश अग्रवालले तिर्न बाँकी रहेको बताइएको छ ।

चिनी उद्योगहरुले उखुको पैसा नदिएपछि उखु किसानहरु केही दिनदेखि काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि