बैशाख २७, २०८१, बिहीबार
               

फर्स्ट माइक्रोफाइनान्सका शेयरधनीको खातामैँ लाभांश आउने

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीको बैंक खातामा नगद लाभांश पठाएको छ ।  

यस कम्पनीको मंसिर १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ४.१९ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा मंसिर २३ गतेदेखि जम्मा गरिदिएको कम्पनीले जानकारी गराएको छ ।

साथै, मंसिर ५ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुवहु नमिलि नगद लाभांश प्राप्त नगरेको शेयरधनीको नाम ग्लोबल आईएमई क्यापिटलको वेबसाइटमा राखिएकोले शेयरधनीले आफ्नो डिपी सदस्यकोमा सम्पर्क गरी विवरण सच्याउन कम्पनीले अनुरोध गरेको छ ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन बाँकी रहेको शेयरधनीले आफ्नो बैंक खाता अद्यावधिक गराएपछि नगद लाभांश पाउनेछन् । कम्पनीको शेयर रजिष्ट्ररमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
 

यो पनि