बैशाख २०, २०८१, बिहीबार
               

राष्ट्र बैंकमा ५० जना कर्मचारी आवश्यक

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ५० जना नयाँ कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट भर्ना गर्ने भएको छ । 

राष्ट्र बैंकले ३८ जना सहायक निर्देशक र १२ जना प्रशासन सहायक पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट भर्ना गर्ने जनाएको छ । यी सबै पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट लिइने र परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्र रहने केन्द्रीय बैंकले जनाएको छ ।

आज (शुक्रबार) गोरखापत्रमा सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले सहायक द्धितिय र अधिकृतस्तर तृतिय तहमा नयाँ कर्मचारी भर्ना गर्न लागेको हो । 

सबै पदमा नेपाल राष्ट्र बैंकको वेवसाइट मार्फत अनलाइन मार्फत आवेदन दिनुपर्ने सूचनामा जनाइएको छ । पुस २३ सम्म तोकिएको दस्तुर माघ १ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।


 


कस्तो लाग्यो ?

यो पनि