बैशाख २७, २०८१, बिहीबार
               

महिला लघुवित्तले साधारणसभा पुस २४ गते,के छ एजेण्डा ?

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २४ गते साधारणसभा बोलाएको छ ।

उक्त सभा संस्थाको रजिष्टर्ड कार्यालय, साँगा, काभ्रेमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ । 

यस सभामा संस्थाले जारी पुँजीको ४० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ  ।

उक्त आईपिओमा संस्थाले प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ लाख कित्ता आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 
 
आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेका छन् ।
 

यो पनि