बैशाख २७, २०८१, बिहीबार
               

ज्योति विकास बैंकद्वारा १० प्रतिशत बोनस शेयर घोषणा

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस बैंकको हिजो (बिहिबार) बसेको संचालक समितिकोे बैठकले आर्थिक वर्ष २०७६/७७ को लागि हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

हाल बैंकको चुक्तापूँजी ३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । सो पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने छ ।


कस्तो लाग्यो ?

यो पनि