बैशाख २७, २०८१, बिहीबार
               

माछापुच्छ्रे बैंकको साधारणसभाबाट १०.४ प्रतिशत लाभांश प्रस्ताव पारित

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । माछापुच्छ्रे बैंकको हिजो (बिहीबार) बसेको सञ्चालक समितिको बैठकबाट प्रस्ताव गरेको १०.४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

माछापुच्छ्रे बैंकको २२ औं साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालकलाई निर्वाचिन गरेको छ । जसमा,जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम र सृजना कार्की भट्टराई सञ्चालकमा निर्विरोध चयन भएका बैंकले जनाएको छ । 

उक्त बैंकले साधारण सभा भएसँगै आजैबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न सुरु गरिसकेको जनाएको छ ।

यस बैंकले ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस सेयर दिनेछ। बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ छ ।


कस्तो लाग्यो ?

यो पनि