जेठ ०१, २०८१, मंगलबार
               

प्रभु बैंकको १०.५२ प्रतिशत लाभांश प्रस्ताव,पुस २६ गते १९ औं साधारण सभा

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रभु बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्न बैंकले आउँदो पुस २६ गते १९ औं वार्षिक साधारण सभा आवाहान गरेको छ ।
 
यस कम्पनीले केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो ।

हाल यस बैंकको चुक्तापूँजी १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६४ सय रहेको छ । 

यस बैंकले साधारणसभा प्रयोजनका लागि पुस १० देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।


कस्तो लाग्यो ?

यो पनि