जेठ ०२, २०८१, बुधबार
               

हिमालयन डिष्टिलरीद्वारा लाभांश प्रस्ताव, कति छ लाभांश ?

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई शत्प्रतिशत लाभांश दिने भएको छ । 

यस कम्पनीको हिजो (बिहिबार) बसेको सञ्चालक समिति बैंठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शतप्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ५७ करोड ८४ लाख ६८ हजार छ । बोनस वितरण पछि कम्पनीको चुक्तापूँजी ८६ करोड ७७ लाख पुग्नेछ ।

कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत बोनस सेयर र करसहित ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । गत वर्ष कम्पनीले ५० प्रतिशत बोनस सेयर र ५२.६३ प्रतिशत नगद लाभांश गरेर कुल १०२.६३ प्रतिशत लाभांश दिएको थियो ।

उक्त लाभांश पारित गर्न कम्पनीले २०औं वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ । कम्पनीले रजिष्टर्ड कार्यालय पर्सा, विरगञ्जमा साधारण सभा आयोजना गरेको हो ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते (एक दिन) बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

यो पनि