जेठ ०१, २०८१, मंगलबार
               

सोलुको खुम्बु पासाङल्हामुमा प्याराग्लाइडिङको उडान परीक्षण सफल

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिका १ खार्चेमा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । बिहीबार सो स्थानमा उडान सफल भएको हो । 

अपराह्न १२ः१० बजे दुई हजार ६ सय मिटर अग्लो खार्चेबाट उडान शुरु गरी ३० मिनेटपछि सोही वडाको छेउघरमा अवतरण गरिएको स्थानीयवासी पासाङकाजी शेर्पाले जानकारी दिए । 

प्याराग्लाइडिङ पाइलट पेम्बावाङ्छु शेर्पाले आफ्नै गाउँको आकाशमा उडाउन पाउँदा खुशी लागेको बताए ।  नेपालका विभिन्न क्षेत्रमा प्याराग्लाइडिङको उडान भर्दै आउनुभएका शेर्पाले सोलुखुम्बुका खरीखोला, वाकु र वाप्सा क्षेत्रमा यसका लागि उपयुक्त क्षेत्र रहेको बताए ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालनको तयारी भइरहेको वडाध्यक्ष ङिमादोर्जी शेर्पाले बताए । 

सगरमाथा क्षेत्र लुक्ला नाम्चे जानका लागि सडक मार्गको नजीक पर्ने उक्त क्षेत्रमा पर्यटकका लागि प्याराग्लाइडिङ उपयुक्त हुने वडाध्यक्ष शेर्पाको भनाइ थियो ।

अब यसलाई नियमितरुपमा व्यावसायिक ढङ्गले सञ्चालनको तयारी भइरहेको र यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उनले बताए ।

यो पनि