जेठ ०१, २०८१, मंगलबार
               

महालक्ष्मी विकास बैंकमा सिआईबीको छापा, ३ जना पक्राउ

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सात करोड कर्जा हिनामिना गर्ने महालक्ष्मी विकास बैंक ललितपुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको कुमारीपाटी शाखामा गत साता छापा मारेको छ । 

सुन धितोमा कर्जा प्रवाह गर्दा लाखौं रुपैयाँ घोटाला गरेको भन्दै सिआईबीले छापा मारेर तीन जना व्यक्ति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सिआईबीका प्रबक्ता बेल बहादुर पाण्डेले सो बैंकको शाखामा छापा मारेको बताउँदै अनुसन्धान जारी रहेको जनाए । प्रबक्ता पाण्डेका अनुसार बैंककैं कर्मचारीहरु मिलेर थोरै सुन राखेर सात करोडभन्दा बढी रकम निकालिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । थोरै सुन धितो राखेर सात करोडभन्दा बढी रकम प्रवाह भएको छ । ऋणीहरू राखेर रकम निकालिएको छ,’ उनले भने। 

उक्त प्रकरणको अनुसन्धानका लागि राष्ट्र बैंकले सीआइबीलाई चिठी लेखेको थियो । सिआईबीको टोलीले एक साताअघि नै तीन जना व्यक्ति पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । 

यो पनि