जेठ ०२, २०८१, बुधबार
               

नागरिक लगानी कोषलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डको आज (बिहिबार) बसेको संचालक समितिको बैठकले कोषलाई ८२.८४ प्रतिशत हकप्रद निष्काशन गर्न अुमति दिने निर्णय गरेको हो ।

हाल कोषको चुक्तापूँजी १ अर्ब ६४ करोड रहेको छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पछि ३ अर्ब पुग्नेछ । 

यसर्थ, कोषले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ । बिक्री प्रबन्धकका लागि आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि