बैशाख २०, २०८१, बिहीबार
               

नेपाल राष्ट्र बैंकद्वारा मुद्दती निक्षेपमा ३० अर्ब लगानी

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा ३० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनको मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । 

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले कम्तिमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

बैंकहरुले उक्त रकम लिन राष्ट्र बैंकले तोकेको अन्य शर्तहरू पनि पुरा गर्नुपर्ने हुन्छ । अनलाइन बिडिङ सफट्वयर सिस्टमबाट आज(बिहीबार) बोलकबोलक हुने छ । 

उक्त ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने समेत नेपाल राष्ट्र बैंकले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि