बैशाख २०, २०८१, बिहीबार
               

नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीका लागि ल्यायो नयाँ व्यवस्था

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै लघुवित्त वित्तिय संस्थाका लागि कोरोना प्रभावित ऋणीलाई साँवा तथा व्याज भुक्तानी गर्ने अवधी ६ महिना थप गर्नुपर्ने निर्णय गरेको छ । 

यस्तो भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम २०७७ चैत्र मसान्त भित्र समान किस्तामा असुल उपर गर्ने व्यवस्था गर्नु पर्नेछ । 

नेपाल राष्ट्र बैंकले हाल ऋणीको लिखित अनुरोधमा कोभिड-१९ को  प्रभावको सघनता र ऋणीको कर्जा भुक्तान गर्ने क्षमताको विश्लेषण गरी भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम कर्जाको भुक्तानी अवधिको समाप्ती पछिको ६ महिनाभित्र समान किस्तामा असुल उपर गर्ने व्यवस्था गर्न वाधा पुप्याएको मानिने छैन । 

यसरी नयाँ नियममा लघुवित्त वित्तिय ऋणीहरुलाई ६ महिनामा सावाँ र किस्ता उसुल उपर गर्ने भएको हो ।


कस्तो लाग्यो ?

यो पनि