काठमाडौं । मेगा बैंकले १३.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
आज (बिहीबार) यस बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.०५प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसर्थ, बैंकले १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५४१ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ ।
४० करोड ६३ लाख ४२ हजार २१० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यस बैंकले गत वर्ष ११.७५प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
उक्त लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गर्ने छ ।