जेठ ०२, २०८१, बुधबार
               

बरुण हाइड्रोपावरको १७औं साधारणसभा पुस २६ गते

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २६ गते १७औं वार्षिक साधारण सभा आव्हान गरेको छ । 

कम्पनीले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजेका लागि सभा बोलाएको हो ।

यस सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै, विशेष सभाबाट पारित भएको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई निरन्तरता दिने भएको छ ।

कम्पनीको साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने तयारी छ । बुक क्लोजको आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यस सभाको अन्य प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।  

यो पनि