जेठ ०१, २०८१, मंगलबार
               

आरएमडिसी लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नगद लाभांश आज (बिहीवार) देखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको छ । 

कम्पनीको गत मंसिर २२ गते सम्पन्न २२औं वार्षिक साधारण सभाद्वारा पारित ५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको हो ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

शेयरधनीहरुको हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका, बैंक खाता नम्बर रुजु नभएका, खाता रहेको बैंकको नाम परिवर्तन भएका, नाम रुजु नभएका तथा अन्य विभिन्न कारणले रकमान्तर हुन नसकेका शेयरधनीहरुको हकमा हितग्राही खातामा बैंक खाता अद्यावधिक भएपश्चात नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।

मंसिर ८ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि बैंक खातामा जम्मा गरीने समेत कम्पनीले जानकारी दिएको छ । 

यो पनि