जेठ ०१, २०८१, मंगलबार
               

बेष्ट फाइनान्सको सिइओमा भण्डारी नियुक्त

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । 

भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

यसअघि उनी कुमारी बैंकमा थिए, यस्तै भण्डारी काष्ठमण्डप डेभलपमेन्ट बैंकको सीइओ थिए । भण्डारीले बुधबारदेखि नै कार्यभार सम्हालेका छन् ।

भण्डारीले सन् १९९० देखि बैंकिङ करिअर सुरु गरेका हुन् । उनले नबिल बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंकमा काम गरिसकेका छन् ।

उनले अहिले १२ प्रतिशत हाराहारी खराब ऋण रहेको कम्पनीको डुबेको ऋण उठाएर खराब कर्जा पाँच प्रतिशतमा झार्ने शर्तमा फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि