जेठ ०१, २०८१, मंगलबार
               

एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । एभरेष्ट बैंकको साधारणसभा पुस २७ गते हुने भएको छ । बैंकले गत आर्थिक वर्षमा भएको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश वितरण गर्ने सभामा प्रस्ताव पेश गर्ने भएको छ ।

हाल एभरेष्टको चुक्ता पुँजी ८ अर्ब ४७ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको पुँजी बढेर ८ अर्ब ८९ करोड रुपैयाँ पुग्नेछ । 

यस बैंकको साधारणसभा प्रयोजनका लागि पुस १० देखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने भएका छन्  । 


कस्तो लाग्यो ?

यो पनि