जेठ ०२, २०८१, बुधबार
               

सिनर्जी पावर डेभलपमेन्टद्वारा लाभाशं घाेषणा

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ५ प्रतिशत लाभांश  प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो (मंगलवार) बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यो लाभांश पाउन आगामी सभाले अनुमोदन गर्नुपर्ने हुन्छ ।

यसैबीच कम्पनीको आर्थिक वर्ष २०७४/ ७५, २०७५/ ७६ र २०७६/ ७७ को सभा एकैपटक लाभांश प्रस्ताव पारित गर्न पुस २२ गते सभा बोलाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरु हुनेछ ।

यो पनि