जेठ ०१, २०८१, मंगलबार
               

चन्द्रागिरी हिल्सको आइपिओमा आवेदन दिने अन्तिम दिन आज

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बुधबार) चन्द्रागिरी हिल्स लिमिटेडको आइपिओमा आवेदन दिने अन्तिम दिन रहेको छ । 

यस कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आईपिओ मङ्सिर १७ गतेदेखि बिक्रि खुला थियो । आइपिओ आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको हो ।

स्थानीयलाई खुला गरेको आईपिओमा काठमाडौं जिल्लाको चन्द्रागिरी नगपालिका वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय बासिन्दा र मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ९ र १० का स्थानीय वासिन्दा र मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् । स्थानीयलाई शेयर जारी गरेपछि कम्पनीले सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्नेछ ।

यस कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजारबराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ ।

कम्पनीले निष्काशन गरेको आईपिओमा मंगलबार बेलुका ५ बजेसम्ममा ३५ सय ५८ आवेदकबाट १३ लाख १५ हजार ६ सय ६५ कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धकले जनाएको छ । यो माग भन्दा ४.२८ गुणा बढी हो ।

लगानीकर्ताले चन्द्रागिरी हिल्सको कार्यालय थानकोट, सेन्चुरी कर्मशीयल बैंकको बज्रबाराही शाखा, बैंक अफ काठमाडौँको इन्द्र सरोबर शाखा, र ग्लोबल आईएमई बैंकको थानकोट र इमाखेल शाखाबाट आवेदन दिन सक्ने छन् ।त्यसैगरी आश्वा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ । आवेदन दिँदा नागरिकताको प्रतिलिपि र हालसलाई खिचिएको फोटो अनिवार्य गरिएको कम्पनीले बताएको छ ।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ३ हजार ६० कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यो पनि