जेठ ०१, २०८१, मंगलबार
               

सानिमा बैंकको ऋणपत्र आजबाट बिक्री खुला

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । आज पुस १ गतेदेखि सानिमा बैंकको ऋणपत्र  बिक्री खुला भएको छ । 

यस बैंकले १० वर्षे सम्मको अवधिमा ८.५० प्रतिशत ब्याज प्रदान हुने गरी ४ अर्ब बराबरको प्रति ऋणपत्र १ हजार भुक्तानी गर्नु पर्ने गरि ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने लागेको हो ।

यसर्थ बैंकको ऋणपत्र लिनका लागि छिटोमा मङ्सिर ५ गतेसम्म र सो अवधिसम्म पुरै ऋणपत्रको लागि आवेदन नपरेमा ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताको लागि दिन सकिने छ । 

यस बैंकको १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई र २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ ।

सर्बसाधारणलाई छुट्याईएको ऋणपत्र मध्येबाट ८० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ ।

उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि