जेठ ०१, २०८१, मंगलबार
               

साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभाबाट ३५ प्रतिशत लाभांश पारित

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा आज भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । 

उक्त सभाले गत पुस २७ गते प्रस्ताव गरेको ३५ प्रतिशत लाभांशसहित विविध प्रस्ताव पारित गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गतेदेखि बुक क्लोज गरेकाले मंसिर १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।

यस कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा पेश गरेको थियो । २५ प्रतिशत बोनस शेयर पश्चात यो पूँजी १९ करोड १९ लाख २६ हजार पुगेको छ । उक्त कम्पनीले गुणस्तरीय बस्तुहरूको कारोबार गरी उपभोक्ताहरूलाई गुणस्तरयुक्त खाद्यबस्तु तथा अन्य बस्तुको आपूर्ति गर्दै आएको छ ।

हाल कम्पनीको चुक्तापूँजी १५ करोड ३५ लाख ४१ हजार रहेको छ भने, असोज मसान्तसम्मको पछिल्लो वित्तीय विवरण अनुसार बस्तु बिक्रिबाट २ अर्ब ३४ करोडभन्दा बढी आम्दानी गरेको छ । उक्त अवधिमा कम्पनीले १ करोड ६ लाख ३० हजार खुद नाफा गरेको छ । उक्त कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७.६९ र प्रतिशेयर नेटवर्थ ६३२.५४ रहेको छ ।

यो पनि