जेठ ०१, २०८१, मंगलबार
               

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली शेयर बजार (नेप्से) मा आज (मंगलवार) दुई वटा कम्पनीको शेयर सूचीकृत भएको छ । 

समृद्धि फाइनान्सको हकप्रद शेयर र रिडी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । यो शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

यस हाइड्रोपावर कम्पनीको २ लाख ६५ हजार ५५९ कित्ता बोनस शेयर र समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । 
 
 


कस्तो लाग्यो ?

यो पनि