जेठ ०१, २०८१, मंगलबार
               

विजय लघुवित्तले शेयर बिक्री गर्ने

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । 

यस संस्थाले संस्थापक समूहको ४८ हजार ६ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

शेयरको न्युनतम मूल्य प्रतिकित्ता २ सय ७५ रूपैयाँ कायम गरिएको छ भने, लगानीकर्ताले सो वा सो भन्दा धेरै मूल्य अंकित गरि बोलकबोल गर्नुपर्ने संस्थाले जनाएको छ ।

यस कम्पनीको शेयरमा पौष ७ गतेबाट माघ १२ गतेसम्म हाल कायम रहेका संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ । 

उक्त शेयर संस्थाको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि