जेठ ०१, २०८१, मंगलबार
               

भारतीय बैंकले आजदेखि आरटीजीएसमार्फत २४ घण्टा पैसा हस्तान्तरण गर्ने

एजेन्सी
मंसिर ३०, २०७७

ADVERTISEMENT

भारतीय रिजर्व बैंकले डिजिटल कारोबार गर्ने व्यक्तिका लागि आजदेखि २४ सैं घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट (आरटीजीएस) को सुविधा प्रदान गर्ने घोषणा गरेको छ । 

आरबीआईका गभर्नर शक्तिकान्त दासले कोरोना युगमा अनलाइन लेनदेनमा उल्लेखनीय वृद्धि भएकाले आरबीआईले आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध गराउने निर्णय गरेको बताए ।

यसर्थ,भारतीय रिजर्व बैंकले आरटीजीएस सुविधा १ डिसेम्बरदेखि दिनको २४ सै घण्टा उपलब्ध गराएको छ । 

आरटीजीएस डिजिटल कोष स्थानान्तरणको एक विधि हो । आरटीजीएस मुख्य रूपमा ठूलो रकम स्थानान्तरणको लागि प्रयोग गरिन्छ। 

यसमार्फत न्यूनतम २ लाख र अधिकतम १० लाख भारतीय रूपैयाँ पठाउन र प्राप्त गर्न सकिन्छ ।


कस्तो लाग्यो ?

यो पनि