जेठ ०७, २०८१, सोमबार
               

स्पर्स लघुवित्तको २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले  १९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.o३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसर्थ कम्पनीले १ करोड ८२ लाख ८० हजार ८९७ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

कम्पनीको आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापूँजी ९ करोड ३७ लाख ४८ हजार १९० को  आधारमा उक्त लाभांश प्रस्ताव  गरेको हो । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी ११ करोड २० लाख २९ हजार रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।


 

यो पनि